दफा २२क
बेवारिसी लाशका सम्बन्धमा
बेवारिसी लाश फेला परेमा प्रहरीले कब्जामा लिई लाशको सनाखत र कालगतिले मरेकोमा मुचुल्का गराई हकवाला फेला परे सतगत गर्न बुझाई दिनु पर्छ । हकवाला फेला नपरे वा बुझी नलिए त्यस्तो लाश चिकित्साशास्त्र अध्ययन संस्थान स्थापना भएको ठाउँमा अध्ययनको प्रयोजनको निमित्त त्यस्तो संस्थानलाई आवश्यक भएमा प्रहरीले सो संस्थानलाई बुझाई दिनुपर्छ । त्यस्तो संस्थान नभएको ठाउँमा वा त्यस्तो संस्थानलाई आवश्यक नपर्ने भएमा प्रहरीले स्थानीय गाउँपालिका वा नगरपालिका वा सामाजिक संस्था माफर्त दाह संस्कार गराउनु पर्छ । तर, दुर्घटनामा परी, आत्महत्या गरी वा शंकास्पद स्थितिमा मरेकोमा भने प्रचलित कानुन बमोजिम लाश जाँच शव परीक्षण समेत गर्नु पर्ने तहकिकातको काम कारबाई पूर गरेपछि मात्र त्यस्तो लाश अध्ययन संस्थानलाई बुझाइदिनु वा दाह संस्कार
गराउन सकिनेछ ।
गराउन सकिनेछ ।